site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन बैंकले गर्‍यो मृत्यृ बिमा दाबी रकम भुक्तानी

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बिमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यृ बिमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएकोले उनकी पत्नी विमला गुराँगाईलाई सो रकमको चेक गत १९ गते हस्तान्तरण गरिएको हो ।

Dabur Nepal
NIC Asia

बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरूबीच उक्त चेक हस्तान्तरण गरेकी हुन् । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरूको दुर्घटना मृत्यृ बिमा खरिद गरेको हो ।

मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंक आशावादी रहेको पनि ताइएको छ । हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बिमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनाहरूमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बिमा सुविधा प्रदान गर्दै आएको छ ।

हिमालयन बैंकले १८९ शाखा कार्यालय, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएममार्फत सेवा दिँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro