site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी सार्ने लामखुट्टेबारे तपाईंलाई यी कुरा थाहा छ ?

काठमाडौं । वर्षायामसँगै डेंगी रोगको संक्रमण बढ्न थाल्छ । डेंगी एक प्रकारको भाइरसको संक्रमणबाट हुने रोग हो ।

डेंगी रोग भाइरसबाट संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट मात्र सर्छ । जुनसुकै उमेर समूहका व्यक्तिलाई यो संक्रमण हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो लामखुट्टेले विशेष गरी साँझ र बिहानको समयमा सक्रिय भई टोक्ने गर्छ । यो लामखुट्टेले सामान्यतया जमेको सफा पानीमा अन्डा पार्ने गर्छ ।

एउटा लामखुट्टेको जीवनकाल सरदर ३० दिनको हुन्छ । यो लामखुट्टेले एकपटकमा करिब १०० देखि २०० वटासम्म अन्डा पार्छ । यसले आफ्नो जीवनभर ८०० भन्दा बढी अन्डा पार्छ ।

adfsg1688963856.jpg

संक्रमित लामखुट्टेका सबै अन्डा संक्रमित नै हुन्छन् । यसको अन्डा पानीबिना पनि महिनौँसम्म जीवित रहन सक्छ । यो लामखुट्टे १०० मिटरको परिधिभित्रै सीमित रहने मन्त्रालयले जनाएको छ ।

डेंगीबाट जोगिन के गर्ने ?
१. डेंगीबाट बच्नका लागि मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । साथै, लामखुट्टेले अन्डा पार्ने ठाउँहरू खोजेर नष्ट गर्नुपर्छ ।
२. पानी राख्ने भाँडाहरू – पानीट्यांकी, गाग्री, दहीको कतारो, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ ।
३. लामखुट्टे नियन्त्रणका लागि घरवरपर पानी जम्न दिनु हुँदैन ।
४. खाल्डाखुल्डी पुर्ने र घरआँगन सफा राख्ने गर्नुपर्छ ।
५. यो लामखुट्टेले सफा जमेको पानीमा अन्डा पार्ने हुनाले लामो समयसम्म खुला भाँडामा एउटै ठाउँमा पानी जम्मा गरेर राख्नु हुँदैन ।
६. पुराना टायर, पानी जम्न सक्ने भाँडाकुँडा, पुराना बट्टा, खाल्डो खनेर छोप्ने वा नष्ट गर्नुपर्छ ।
७. गमला/फूलदानी, एयरकुलरजस्ता पानी जम्ने सामग्रीको पानी कम्तीमा हप्तामा एकपटक नियमित रूपमा सुक्खा हुने गरी सफा गर्नुपर्छ । यो कार्य वर्षायाममा हरेक हप्ता गर्नुपर्छ ।
८. लामखुट्टेको प्रजननस्थल नष्ट गर्नुपर्छ । आफ्नो घर, विद्यालय र कार्यस्थल सफा राख्नुपर्छ ।

डेंगी रोगका लक्षण
१. एक्कासि ज्वरो आउने,
२. टाउको, मांसपेशी र जोर्नी दुख्ने,
३. थकान महसुस हुने,
४. वाकवाकी लाग्ने वा बान्ता हुने,
५. आफ्नो दैनिक खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने ।

यी लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था वा अस्पतालमा जान मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro