खेल

काठमाडौं । नेपालका ललित धिमालले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । माल्दिभ्सको मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका धिमालले स्वर्ण पदक जितेका छन् ।
प्रतियोगितामा भारतका खेलाडी दोस्रो, चौथो र पाँचौं भएका थिए । अफगानिस्तानका खेलाडी तेस्रो भएका थिए । उनले आज ओभरअल च्याम्पियनमा दक्षिण एशियाको उपाधिको लागि फेरि प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति: शनिबार, असार २३, २०८० ०६:५३
प्रतिक्रिया दिनुहोस्