देश
काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगदसहित भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार प्रान्त सीतामढी थाना सुरखण्ड ग्राम सिखण्डी–५ बस्ने २० वर्षीय चन्दनकुमार साफी रहेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट १० लाख ३० हजार रूपैयाँसहित बरामद गरिएको छ ।
प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बीआर ३० डब्लू ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक नगरदसहित फेला पारेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८० १९:४८
प्रतिक्रिया दिनुहोस्