site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘विद्युतको लाइसेन्स लिँदैनौँ, निजी क्षेत्रलाई सफ्ट लोनको व्यवस्था गर्छौँ’

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले निजी क्षेत्रका आयोजनालाई ‘सफ्ट लोन’ (सस्तो ब्याजदरको कर्जा) उपलब्ध गराउने बताएको छ ।

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनप्रसाद गौतमले एचआईडीसीएल अब निजी क्षेत्रले विकास गर्ने जलविद्युत आयोजनामा पनि एचआईडीसीएलले स्वँपुजी र ऋण दुवै लगानी गर्ने बताएका छन् ।

Dabur Nepal
NIC Asia

स्वतन्त्र ऊर्जा ऊत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई स्वागत गर्दै सीईओ गौतमले एचआईडीसीएल अब ऊर्जालक्षित पूर्वाधार बैंक बन्नेगरी अघि बढेको बताए । त्यसका लागि कम्पनीको पुँजी २५ अर्ब मात्र भएपनि बित्ततय लिभरेज उपयोग गरेर एक खर्व ५० अर्ब सम्मको लगानी सक्ने अवस्थामा रहेको बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले उठाएको लगानीको अभावको अवस्थामा सहजीकरण गर्ने विषय एचआईडीसीएलको  साझा मुद्दा भएको भन्दै इप्पानसँग मिलेर अघि बढ्ने गौतमको भनाइ थियो ।

“विगतमा जस्तो कम्पनीले अब जलविद्युत आयोजनाको लाइसेन्स लिँदैन । देशलाई समृद्ध बनाउने ऊर्जा क्षेत्रमा देखिएको वित्तीय लगानीको खाडल पूरा गर्न विदेशबाट ग्रीन फण्ड, पेन्सन फण्ड जस्ता सस्तो फण्ड ल्यएर जलविद्युतमा लोन र इक्वीटी दुवैमा लगानी गर्छौ,” गौतमले भने ।

विदेशबाट ग्रीन बण्ड ल्याएर वा नेपालमै पनि बण्ड जारी गरेर जलविद्युत आयोजनालाई ‘सफ्ट लोन’ उपलब्ध गराउन एचआईडीसीएल अघि बढेको उनको भनाइ थियो ।

इप्पान अध्यक्ष गणेश कार्कीले ७/८ प्रतिशत ब्याजदरमा वित्तीय व्यवस्थापन गरेका आयोजनाको बैंकको ब्याजदर १४/१५ प्रतिशतसम्म पुगेको भन्दै एचआईडीसीएलले निजी क्षेत्रका आयोजनामा गरिएको लगानीको व्याजदरमा स्थिरता कामय गरिदिए धेरै राम्रो हुने बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro