site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोखिम भार १५० प्रतिशत कायम रहनु अर्थतन्त्र संकुचनको मुख्य कारण : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रप्रसाद मल्लले अर्थतन्त्र संकुचन हुनुको प्रमुख कारण जोखिम भार १५० प्रतिशत कायम रहनु रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र चलायमानको लागि यो बेस रेटमा लिने प्रिमियम पक्षपातपूर्ण रहेको बताए ।

उनले अधिकतम दुई प्रतिशत भन्दा ननाघिकन प्रिमियम लिने व्यवस्था गर्न माग गरे । उनले अहिले अर्थतन्त्र संकुचन बनेको मुख्य कारण घरजग्गा तथा सेयर कारोबार गर्दा धितोमा राखेर ऋण लिने जोखिम रहेको बताए ।

उनले भने, “अर्थतन्त्र चलायमानको लागि यो बेस रेटमा लिने प्रिमियम पक्षपातपूर्ण जस्तो हामीले महसुस गरिरहेका छाँै । न्युनतममा जसले जे सकोस् लिओस् तर अधिकतम दुई प्रतिशत भन्दा ननाघिकन एउटा प्रिमियम लिने व्यवस्था गर्नुपर्छ । यो बजारमा तुरुन्तै साना, मझौला, ठूलालाई सहयोग पुग्छ ।”

अध्यक्ष मल्लदले जोखिम सय प्रतिशतमा झार्नसके अर्थतन्त्र तत्काल चलायमान बन्ने दाबी गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro