site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संविधान र कानुनको प्रतिकूल हुनेगरी विज्ञापन गर्न पाइँदैन : मन्त्री शर्मा

काठमाडौ. । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनको प्रतिकूल हुनेगरी कुनैपनि कुराको विज्ञापन गर्न नपाइने बताएकी छन् ।

बिहीबार राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले संविधान र कानुनले गरेको व्यवस्थाको प्रतिकूल हुनेगरी विज्ञापन गर्न नपाइने बताएकी हुन् ।

Dabur Nepal
NIC Asia

उनले भनिन्, "कतिपय गलत विज्ञापनका कारणले गर्दा मान्छेका ज्यान जाने कुराहरू पनि छन् भन्ने देखिन्छ । पछिल्लो समयमा के देखिन्छ भने स्वास्थ्यसँग सम्बन्धित, औषधिका विज्ञापन । डिजिटल माध्यममा आएका विज्ञापनले गर्दाखेरी औषधिको सेवन पनि गर्ने गरेको देखिएको छ । त्यसकारणले के–के कुरा विज्ञापन गर्न पाइन्छ ? के–के कुरा पाइदैन ? भन्ने कुरामा कडाइ हुनु जरुरी हुन्छ ।"

उनले पछिल्लो समय डिजिटल माध्यममा औषधिको समेत विज्ञापन गर्ने गरिएको भन्दै यसले मानव स्वास्थ्यमा समस्या नै देखापरेको बताइन् ।

उनले के–के कुराको विज्ञापन गर्न पाइने र के–के कुराको विज्ञापन गर्न नपाइने हो भन्ने कुरामा कडाइ हुनुपर्ने बताइन् । यद्यपि, यस सम्बन्धमा कानुनी व्यवस्था भएपपनि कानुनी दायरा र सजायको पाटो भने कमजोर भएको उनको भनाइ छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro