site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस बैठकमा अर्थमन्त्रीको आलोचना, मन्त्रीकै आरोप– आफ्नै जिल्लामा बजेट लगे
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले अर्थमन्त्रीले मात्र जिल्लामा बजेट लगेको आरोप लगाएका छन् ।

आजदेखि सानेपामा सुरु भएको नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री लिम्बूले आफूले भने मन्त्री भएर पनि जिल्लामा बजेट लैजान नसकेको बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

“अर्थमन्त्रीले बजेट आफ्नो जिल्लामा लगे । समानुपातिक बजेट वितरण भएन,” जिल्ला सभापतिहरुसँग असन्तुष्टि पोखेका मन्त्री लिम्बुको भनाइ उद्धृत गर्दै ती नेताले भने, “म मन्त्री त हुँ । तर, मैले मेरो जिल्लामा बजेट लैजान सकिनँ ।”

उनले बजेट समानुपातिक वितरण गर्ने र आवश्यक ठाउँमा पठाउनेभन्दा शक्तिको आडमा कसले बढी लैजाने भन्ने प्रतिस्पर्धा भएको बताए ।

बैठकमा संखुवासभाका सभापति दीपक खड्का र रामेछाप सभापति कान्छाराम तामाङसहितका सांसदहरुले सरकारले आफ्नै सांसदलाई समेत अनुभूति गराउन नसकेको भनेर विरोध जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro