site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास प्रकरणमा पक्राउ परेकाको रिट ‘हेर्न नमिल्ने’ हुँदै स्थगित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटको सुनुवाइ आज ‘हेर्न नमिल्ने’ हुँदै स्थगित भएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको रिटको सुनुवाइ हेर्न नमिल्ने हुँदै स्थगित भएको हो ।

यो प्रकरणमा आफैँ जोडिएका न्यायाधीश रेग्मीको इजलासमा उक्त रिटको पेसी तोकिएपछि हेर्न नमिल्ने भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सो प्रकरणमा आफूहरूलाई कानुनविपरीत पक्राउ गरिएको उनीहरूको जिकिर छ ।

रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. कुमार चुडालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै, यसअघि यही प्रकरणमा मुछिएका केदार घिमिरेसहितले दायर गरेको रिटलाई समेत सँगै राखी सुनुवाइ गर्ने आदेश दिएको थियो ।

Royal Enfield Island Ad

घिमिरेसहितले आफूहरूलाई पक्राउ नगर्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिट निवेदकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro