site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितानिवास प्रकरणमा पक्राउ परेकाको रिट श्रेष्ठ र रेग्मीको इजलासमा

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट आज न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा परेको छ ।

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको हो । सो प्रकरणमा आफूहरूलाई कानुनविपरीत पक्राउ गरिएको उनीहरूको जिकिर छ ।

Dabur Nepal
NIC Asia

रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश डा. कुमार चुडालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै, यसअघि यही प्रकरणमा मुछिएका केदार घिमिरेसहितले दायर गरेको रिटलाई समेत सँगै राखी सुनुवाइ गर्ने आदेश दिएको थियो ।

घिमिरेसहितले आफूहरूलाई पक्राउ नगर्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिट निवेदकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिइएको थियो ।

खतिवडाको इजलासले जारी गरेको आदेशको ‘भ्याकेट’ निवेदन समेत सँगै राखी आज न्यायाधीशद्वय श्रेष्ठ र रेग्मीको इजलासमा पेसी चढेको छ । तर, न्यायाधीश रेग्मी उक्त प्रकरणमा आफैँ सम्बन्धित रहेकाले सुनुवाइ हुने/नहुने टुंगो छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro