site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बसिरहेको छ । सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताको बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी छन् ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro