site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तारुढ दलकै सांसद भन्छन्– प्रधानमन्त्रीले सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटकपटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको उनले प्रतिक्रिया दिए ।

बुधबार प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)सहितका विपक्षी दलहरुले राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध पारेका थिए ।

सोही सन्दर्भमा संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्रीले सो विषयबारे संसद्मा चाडोभन्दा चाडो स्पष्टीकरण दिनुपर्ने माग समेत गरे ।  एमालेसहितका विपक्ष दलहरुले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्रीले संसद्मा उभिएर त्यसबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

“एमालेले राजीनामा खोज्यो । अब राजीनामाको माग उहाँहरुको हो,” उनले भने, “हाम्रो भनाइचाहिँ प्रधानमन्त्रीले हाउसमा आएर विपक्ष दलले बोलेपछि हामीलाई पनि स्पष्ट बनाइदिनु पर्छ ।

सांसद राणाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तन गर्ने पक्षमा भने नरहेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro