site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा पहिलोपटक भित्रियो पाठेघरको मुखको क्यान्सर गराउने भाइरसविरुद्धको खोप 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सर गराउने भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप भित्रिएको छ । 

चीनको सिकोलिन कम्पनीको २० हजार डोज खोप मंगलबार नेपाल आइपुगेको होे । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि पाइलट प्रोजेक्टका लागि थोरै मात्रामा खोप ल्याइएको थियो । यसपटक भने सरकारले खरिदमार्फत् नै २० हजार डोज ल्याएको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । 

यो खोप १० देखि १४ वर्षका बालिकालाई दिने सरकारको योजना छ । खोप ६ हप्ताको फरकमा दुई डोज दिनुपर्ने हुन्छ । 

Global Ime bank

आगामी दिनमा नियमित खोप ल्याउनका लागि ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)लाई आग्रहसहित निवेदन दिइएको डा. गौतमले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय