site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोरखामा धन्सार भत्किँदा दुईजनाको मृत्यु
प्रतिकारात्मक तस्बिर ।

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४, पाटापाटीमा आज बिहान धन्सार भत्किएर मुत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

बिहान स्थानीय जगतबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर गम्भीर घाइते भएका ६५ वर्षीय रामकृष्ण बरामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

गम्भीर घाइते भएका बरामको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा आज साँझ मृत्यु भएको उनले बताए । मृतक रामकृष्ण धनसार बनाउनका लागि जगबहादुरको घरमा मेला आएका थिए । दुर्घटनामा घरधनी जगतबहादुरकी श्रीमती ४५ वर्षीया मीना बरामको भने घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका दुईजनाको अवस्था भने सामान्य रहेको उनले बताए ।

घाइते हुनेमा मृतक मीनाका श्रीमान् ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम रहेको प्रनाउ श्रेष्ठले जानकारी दिए। घटनाको जानकारी पाएलगत्तै ताङ्लीचोक प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro