site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कसैलाई जिल्ला प्रवेश निषेध भन्ने कुरा आफैँमा राम्रो होइन : रेखा शर्मा 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले प्रदेशको नामकरणका विषयमा कसैलाई जिल्ला प्रवेशमा रोक्ने कुरा राम्रो नभएको बताएकी छन् । 

असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउने क्रममा बिहीबार सञ्चारकर्मीको जिज्ञासामा शर्माले नेकपा (एमाले) सचिव योगेश भट्टराईलाई कार्यक्रममा जाँदा इलाममा कालो झण्डा देखाएको विषयमा त्यस्तो बताएकी हुन् । 

Dabur Nepal
NIC Asia

“लोकतन्त्रमा कसैले पनि आफ्नो कुरा राख्न पाउँछ । अधिकारको पक्षपोषण गर्न पाउँछ । त्यो आफ्ना ठाउँमा छ । तर, त्यसका ठाउँमा जुन गतिविधि बढिरहेका छन्,” उनले भनिन्, “कसैले कसैलाई जिल्ला प्रवेश निषेध भन्ने कुरा आफैँमा राम्रो कुरा होइन । त्यो गर्नुहुँदैन ।” 

आन्दोलनकारी पक्षलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएर छलफल गरेको भन्दै पछिल्लो घटनाप्रति सरकारको ध्यानकर्षण भएको बताइन् । 

नामाकरणको विषयमा आफ्नो कुरा राख्ने र प्रदेशका पार्टीहरूलाई कन्भिन्स गर्नेतर्फ जानुपर्नेमा आन्दोलनरत पक्षले अराजकता प्रदर्शन गरेको उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro