site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई किलो सुनसहित एकजना पक्राउ
SkywellSkywell

काठमाडौं । करिब दुई किलो सुनसहित सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालीदहबाट शुक्रबार राति ती व्यक्तिलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दाङको घोराही नगरपालिका–१० मा बस्दै आएका ३१ वर्षीय हुमानन्द गिरी छन् । सुनसहित नेपालबाट भारततर्फ जाँदै गरेको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको हो ।

Dabur Nepal
NIC Asia

कारको गियर बक्समा फल्स बटम बनाई लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा सुन फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार सो सुनको तौल एक किलो ९६५ ग्राम तीन मिलिग्राम र बजार मूल्य एक करोड ८५ लाख ६५ हजार ३५५ रुपैयाँ ४५ पैसा हुन आउँछ ।

गिरीलाई कार र बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu