site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बंगलादेशमा माइक्रोबसको सिलिन्डर विस्फोट, सातजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

ढाका । बंगलादेशको मध्य फरिदपुर जिल्लामा ग्यासबाट चल्ने माइक्रोबस शनिबार बिहान राजमार्गको डिभाइडरमा ठोक्किँदा सिलिन्डर विस्फोट भई कम्तीमा सातजनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट करिब १०१ किलोमिटर टाढा फरिदपुरको भांगा प्रहरीचौकीका इन्चार्ज जियारूल इस्लामले पत्रकारलाई बताएअनुसार अत्यधिक गतिका कारण चालकले सवारीसाधनमाथि नियन्त्रण गुमाएपछि माइक्रो बस राजमार्गको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

ढाकातर्फ जाँदै गरेको माइक्रोबसमा सिलिन्डर पड्केर आगलागी भएको र सातैजनाको जलेर मृत्यु भएको उनले जानकारी दिए ।

स्थानीयवासीले दिएको जानकारीअनुसार दमकलले केही समयमै घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि यात्रुलाई बचाउन सकिएन ।

Global Ime bank

बंगलादेशमा सडक दुर्घटनाका कारण हुने मृत्युदर विश्वमै सबैभन्दा बढी छ । मुख्यतया राजमार्गको खराब अवस्था, गाडीको उचित मर्मतसम्भारको अभाव, ग्यास सिलिन्डर विस्फोटसँग सम्बन्धित आगलागी, चालकद्वारा ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बंगलादेशमा हरेक वर्ष हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।

बंगलादेशमा मुस्लिम धर्मावलम्बीको इदउल फित्र पर्वका क्रममा अप्रिल १५ देखि अप्रिल २९ सम्म ३०४ सवारी दुर्घटनामा परी ३२८ जनाको मृत्यु हुनुका साथै ५६५ जना घाइते भएका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement