site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुम्सी मार्न लिएर हिँडेको बन्दुक पड्किएपछि...
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नुवाकोटमा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।

किस्पाङ गाउँपालिका–१, नोचेतस्थित म्यानम्यान सामुदायिक जंगलछेउबाट भरुवा बन्दुक एकथानसहित शुक्रबार (हिजो) राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय कुलबहादुर तामाङ र २६ वर्षीय लालिमान तामाङ छन् ।

कुलबहादुर, लालिमान र सोही ठाउँका १९ वर्षीय विजय तामाङ ‘लोड’ अवस्थामा रहेको भरुवा बन्दुक लिई दुम्सी मार्न हिँडेका थिए । अचानक त्यो बन्दुक पड्कँदा विजय घाइते भएको भन्ने सूचना प्रहरीले पायो । त्यसपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई सो बन्दुकसहित पक्राउ गरेको हो ।

गम्भीर घाइते विजयलाई उपचारका लागि जिल्ला अस्पताल हुँदै काठमाडौंस्थित वीर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro