site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विकासको मोडेलमा परिवर्तन गर्ने समय आयो : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विकासको मोडेलमा परिवर्तन गर्ने समय आएको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ वार्षिक साधारण सभामा निजी क्षेत्रमैत्री वातावरण बनाउन ऐन तथा नियम नै संशोधन गर्ने बताए ।

Argakhachi Cement Island Ad

"हाम्रो विकासको मोडेलमा सोच्नुपर्ने बेला आएको छ ।  हाम्रा ऐन कानुन परिवर्तन गर्नुपर्नेछ," उनले भने, "देशको विकास निजी क्षेत्रमैत्री वातावरण बनाएर मात्र गर्न सकिन्छ ।" 

नीति तथा कार्यक्रमले देशमा उत्पादन हुने वस्तुलाई प्राथमिकता दिइएको पनि उनले बताए । 

देशको विकास गर्न सरकार र निजी क्षेत्रको ध्यान उत्पादन र रोजगारी वृद्धिमा हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्