site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाका अध्यक्षसहित २० जनाको पदावधि फागुनमा सकिँदै (सूचीसहित)
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका २० सदस्यहरुको पदावधि आगामी फागुनदेखि सकिँदै छ ।

राष्ट्रियसभामा २०७५ असार ४ गते गोलाप्रथा गर्दा ६ वर्षे कार्यकाल तोकिएकाहरुको पदावधि यही फागुन २० गते सकिने संसद् सचिवालयले जनाएको छ । पदावधि सकिनेमा सबैभन्दा धेरै सांसद नेकपा (एमाले)का छन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको पदावधि सकिँदा पनि एमालेकै रिक्त हुनेछ ।

एमालेको आठ सांसदको पदावधि सकिनेछ । त्यस्तै, नेपाली कांग्रेसका चार, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का दुई सांसदको पदावधि फागुनमा सकिनेछ । जनता समाजवादी पार्टी (जसपा) का एक, स्वतन्त्र एक र राष्ट्रपतिबाट मनोनीत एक सदस्यको पदावधि सकिने सचिवालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य, स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष र प्रमुख–उपप्रमुखले मतदान गर्न पाउँछन् । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरुको मतभार छुट्टाछुट्टै कायम भएर गणना हुन्छ ।

सांसदको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गरिन्छ । अर्थात माघमा नै राष्ट्रियसभाको निर्वाचन हुनेछ ।

कार्यकाल सकिने राष्ट्रियसभाका २० सदस्यहरु (क्लस्टरसहित)

राष्ट्रियसभा अध्यक्ष : गणेश तिमिल्सिना (अन्य)

नेकपा (एमाले)

१) इन्दु कडरिया (महिला) 
२) कुमार दसौदी (अन्य) 
३)  दिपा गुरुङ (महिला)
४) दिलकुमारी रावल थापा (पार्वती) महिला
५) नरपति लुवार (दलित)
६) भैरवकुमार श्रेष्ठ (अन्य)
७) रामचन्द्र राई (अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय) ।

नेपाली कांग्रेस

१) अनिता देवकोटा (महिला)  
२) जितेन्द्रनारायण देव (अन्य)
३) प्रकाश पन्थ (अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय )
४) रमेशजंग रायमाझी (अन्य) ।

नेकपा (माओवादी केन्द्र)

१) महेशकुमार महरा (अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय)  
२) विना पोखरेल (महिला) 
३) हरिराम चौधरी (अन्य) ।

नेकपा (एकीकृत समाजवादी)

१) नन्दा चपाईं 
२) सिंगबहादुर विश्वकर्मा (दलित) ।

जनता समाजवादी पार्टी

१) प्रमिला कुमारी (महिला)

मनोनीत

१) विमला राई पौड्याल

स्वतन्त्र

१) खिमलाल देवकोटा ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्