site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ : मन्त्री साउद
फाइल तस्बिर।

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा राहदानी व्यवस्थापनको विषयमा जानकारी दिँदै मन्त्री साउदले परराष्ट्र मन्त्रालय महँगो पैसा तिरेर राहदानी उपलब्ध गराउनुपर्ने चापमा रहेको बताए । 

सरकारले सार्वजनिक खरिद कानुनअनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य (भेरियसन) तिरेर खरिद गरी राहदानी वितरण गरिरहेको उनले बताए । मन्त्री साउदले विद्युतीय राहदानी खरिदका लागि प्रथमपटक बोलपत्र आह्वान गर्दा ५० लाखको संख्यामा खरिद गर्ने प्रस्ताव गरिएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार २० लाख मात्रै विद्युतीय राहदानी खरिद भएको बताए ।

अहिलेसम्म नेपालमा राहदानी पुस्तिका छपाइ गर्न सक्ने खालको सुरक्षण मुद्रण नभएको र राहदानी सेवा अवरुद्ध गर्न पनि नमिल्ने भएकाले अन्तरिम अवधिका लागि महँगोमा थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको उनको भनाइ छ ।  राहदानीको माग अत्यधिक रहेकाले महँगोमा भए पनि राहदानी खरिद गरी वितरण गरिरहेको उनले बताए ।

अहिले ६६ पृष्ठको राहदानीसमेत पाँच लाख मौज्दात रहेकाले सो मौज्दातले करिब चार महिना मात्रै धान्न सक्ने अवस्था रहेको उनले बताए । मन्त्री साउदले चार महिनापछि राहदानी जारी गर्नको लागि तत्काल महँगोमा भए पनि खरिद गर्नुको विकल्प मन्त्रालयसँग नभएको बताए ।

“राहदानीको माग अत्यधिक रहेकाले सार्वजनिक खरिद कानुनअनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर खरिद गर्न समय लाग्ने भएकाले अन्तरिम अवधिका लागि भेरियसन गर्नुपर्ने भएको हो,” उनले भने, “६६ पृष्ठको राहदानीसमेत पाँच लाख राहदानीकोे मौज्दात रहेकाले सो मौज्दातको करिब चार महिना मात्रै धान्न सक्ने अवस्था रहेकाले त्यसपछि राहदानी जारी गर्नको लागि तत्काल भेरियसन आदेशबाट खरिद गर्नुको विकल्प नभएको समिति समक्ष यी तथ्यहरु राखेको छु ।”

समिति बैठकमा राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले राहदानीको माग अत्यधिक रहेकाले राहदानी विभागमा भिडभाड भएको बताए । उनले विद्युतीय राहदानी हाइटेक प्रविधि भएकाले जिल्लाहरुबाट वितरण गर्दा समस्या भएको पनि बताए ।

गृह मन्त्रालयले ५६ वटा जिल्लामा १७ जना जनशक्ति थप गरेपश्चात् केही सहज भएको बताउँदै उनले राहदानी विभागको भीड कम गर्न जिल्ला प्रशासन कार्यालयहरुबाट राहदानी वितरण प्रक्रिया थालनी गरेकाले पछिल्लो पाँच महिना सहज भएको बताए ।

अहिले औसतमा दैनिक ६ हजार ५०० सम्म राहदानी छपाइ हुने उनले बताए । राहदानी विभागमा जनशक्ति अपुग रहेको पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro