site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सार्वजनिक ऋण २१ खर्ब ७३ अर्बभन्दा बढी, ११ महिनामा दुई खर्ब तिरियो
फाइल तस्बिर ।

काठमाडौं । नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म मुलुकको आन्तरिक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड र बाह्य ऋण १० खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

Dabur Nepal
NIC Asia

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म तीन खर्ब ६ करोड रुपैयाँ ऋण थप भएको छ । आन्तरिकतर्फ दुई खर्ब २० अर्ब ३८ करोड रुपैयाँ ऋण थप भएको हो भने बाह्यतर्फ ७९ अर्ब ६७ करोड रुपैयाँ थप भएको छ ।

उक्त अवधिसम्म सरकारले दुई खर्ब पाँच अर्ब १६ करोड रुपैयाँ सावाँ र ब्याज भुक्तान गरेको छ । आन्तरिकतर्फ एक खर्ब ६४ अर्ब ४८ करोड रुपैयाँ र बाह्यतर्फ ४० अर्ब ६८ करोड रुपैयाँ ऋण तिरेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक हेर्दा ऋण तिरेको रकमभन्दा ९४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी ऋण रकम बढेको छ ।

सरकारले आन्तरिक र बाह्य स्रोतबाट लिएको सावाँ मात्र एक खर्ब ४० अर्ब ११ करोड रुपैयाँ भुक्तान गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro