site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले अमेरिकालाई हरायो

काठमाडौं । भीम सार्कीको संयमित ब्याटिङ र करण केसीको महत्त्वपूर्ण चार विकेटको सहयोगमा नेपालले आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको छ । 

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा भीमले अविजित ७७ रन बनाए । भीले ११४ बलमा सात चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो अहिलेसम्मकै व्यक्तिगत उच्च स्कोर हो । नेपालको जितमा भीमसँगै अविजित रहेका दीपेन्द्रसिंह ऐरीले ३२ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन जोडे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

ओपनर कुशल भुर्तेलले ३९ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १३ रन थपे । कुशल मल्लले १३ र आसिफ शेखले १२ रन जोडे ।

अमेरिकाका सौरभ नेत्रावाल्कर, नोस्थुस केन्जिगे, निसर्ग पटेल र स्टेभन टेलरले समान एक विकेट लिए ।

त्यसअघि करणको उत्कृष्ट बलिङप्रेरित नेपालले टस हारेपछि ब्याटिङमा निम्त्याइएको अमेरिकालाई ४९ ओभरमा २०७ रनमै समेटेको थियो । 

अमेरिकालाई मध्यम योगफलमा रोक्न करणले चार विकेट लिएका थिए । नौ ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै ३३ रनमात्र खर्चिए । करणले पहिलो इनिङको दोस्रो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यसपछि उनले आठौँ र १०औँ ओभरमा समान एक विकेट लिए । 

करणसँगै नेपालका लागि गुल्सन झाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका गुल्सनले ५२ रन खर्चिए । दीपेन्द्रसिंह ऐरीले दुई र ललितनारायण राजवंशीले एक विकेट लिए । 

नेपालविरुद्ध अमेरिकाका सयन जहाँगिरले शतक प्रहार गरे । अन्तिमसम्म अविजित रहेका उनले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन प्रहार गरे । सुशान्त मोदनीले ४२ रन थपे । यसअघिको खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गजानन्द सिंह भने २६ रनमै पभेलियन फर्किए । जेस्सी सिंहले १२ रन जोडे ।

समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो जित हो । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । यता, अमेरिकाको भने प्रतियोगिता पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro