site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले बैंक ब्याजदर तत्काल घटाउनु पर्छ : मेटमणि चौधरी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बैंकको ब्याजदर तत्काल घटाउन सरकारसँग माग गरेका छन् ।

मुलुकको अर्थतन्त्रलाई राम्रो अवस्थामा ल्याउन पनि बैंक ब्याजदर तत्काल घटाउनुपर्ने उनको तर्क थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले बैंक ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने काममा अर्थमन्त्री डा. प्रकाशशरण महत गम्भीर नभए मुलुकको आर्थिक अवस्थामा सुधार आउनै नसक्ने दाबी समेत गरे ।

उनले भने, "हामीसँग निक्षेप बढेको छ भन्ने कुरा गरिरहेका छौँ । तर, कर्जा प्रवाह कम भइरहेको छ । यसको एउटा कारण लगानीको वातावरण बन्न सकेको छैन । र, दोस्रो हामीले थोरै ब्याजदर बनाउन सकिरहेका छैनौं । यसमा माननीय अर्थमन्त्रीज्यू तपाई सिरीएस हुनुस् । यदि तपाईले बैंक ब्याजदर घटाउन सक्नु भएन भने नेपालको फाईनान्सियल सेक्टरलाई हराभरा बनाउनै सक्नु हुन्न ।"

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro