site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘यूएस ओपनको उपाधि नजितेको भए हुन्थ्यो जस्तो लाग्छ’

काठमाडौं । बेलायतकी टेनिस खेलाडी इमा राडुकानुले 'कहिलेकाहीँ आफूलाई यूएस ओपनको उपाधि नजितेको भए हुन्थ्यो' जस्तो लाग्ने गरेको बताएकी छन् । उपाधि जित्दा पाएको सफलता र प्रसिद्धिका कारण चर्को दबाब सिर्जना भएकाले आफूलाई त्यस्तो लागेको उनको भनाइ छ । 

२०२१ को यूएस ओपन फाइनल खेल्नुअघि खेलेका नौ खेलमा राडुकानुल एक सेट पनि हारेकी थिइनन् । राडुकानुले १८ वर्षको उमेरमा यूएस ओपनको उपाधि जितेकी थिइन् । त्यसपछि बारम्बार चोटबाट गुज्रिएपछि राडुकानु लय भेटाउन सकेकी छैनन् । 

Dabur Nepal
NIC Asia

“त्यो क्षण, जब म कोर्टमा उत्सव मनाउँदै थिएँ । मलाई लागेको थियो, यस क्षणका लागि म संसारमा कुनै पनि संघर्ष गर्न तयार छु,” राडुकानुले सन्डे टाइम्ससँग भने, “त्यस बेलादेखि मैले एकपछि अर्को धेरै अप्ठ्यारा क्षणहरू भोगेको छु । मैले धेरै सहेको छु । मेरो सहनशीलता उच्च छ । तर यो सबै सजिलो छैन । र कहिलेकाहीँ सोच्छु, मैले यूएस ओपन कहिल्यै नजितेको भए हुने ।”

१८ वर्षकै उमेरमा ग्रान्डस्लाम जितेपछि राडुकानुले थुप्रै प्रशंसा बटुलिन् । त्यस सफलताले राडुकानुलाई फरक दुनियाँमा पुर्‍याइदियो । जहाँ उनीसँग अपेक्षा गर्नेहरूको संख्या बढ्यो । 

“म चाँडै परिपक्व भएँ । जतिबेला मैले उपाधि जितेको थिएँ, त्यतिबेला मसँग धेरै अनुभव थिएन,” राडुकानुले भनिन्, “मैले पछिल्लो दुई वर्षमा धेरै संघर्ष गरेको छु । कुनै पनि प्रतियोगितामा मैले राम्रो गर्न सकेको छैन ।”

घुँडाको चोट र नाडीको शल्यक्रियाका कारण राडुकानुले यस वर्षको फ्रेन्च ओपन गुमाएकी थिइन् । चोटका कारण राडुकानुले विम्बल्डन पनि गुमाउने छिन् । 

“गत वर्षको विम्बल्डन पछि दुखाइ बढ्यो,“ राडुकानुले भनिन्, “मैले नयाँ प्रशिक्षकसँग प्रशिक्षण सुरु गरेको थिएँ । साँच्चै म धेरै उत्प्रेरित पनि थिए । मैले दुखाइका बाबजुद पनि प्रशिक्षण जारी राखेको थिए । किनकि म कमजोर देखिन चाहन्न थिएँ ।” 

पछिल्लो समय सेबास्टियन साक्ससँग अलग भएपछि राडुकानु प्रशिक्षकविहीन छिन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro