site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युद्ध मैदानको हृदयविदारक दृष्य : मारिनै लागेका रुसी सैनिकले गरे आत्मसमर्पण (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । युद्ध मैदानको स्थिति कति खतरनाक हुन्छ भन्ने कुरा रुसी लडाकुले आत्मसर्मण गरेको एक भिडियोले देखाएको छ ।

गत महिनाको दोस्रो साता मे ९ मा पूर्वी युक्रेनी सहर बाख्मुटमा रुस र युक्रेनी सेनाबीच भीषण युद्ध चलिरहेको थियो । युक्रेनको ९२औँ मेकानाइज्ड ब्रिगेडले रुसी सेनामाथि ड्रोन आक्रमण गरिरहेको थियो । 

लडाइँका क्रममा लुकेर शत्रुमाथि आक्रमण गर्न बनाइएको खाडलमा रहेका दर्जनौँ रुसी सेना युक्रेनी ड्रोन आक्रमणमा मारिँदै थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यहाँ जीवित हुन सक्नेमध्ये एक थिए रुसी लडाकु रुस्लान एनिटिन । 

युक्रेनी सेनाले चलाइरहेको ड्रोनले रुस्लानलाई उडाउन विस्फोटक पदार्थ खसाल्ने अन्तिम तयारी गरेको थियो । तर, त्यतिकैमा घाइते, त्रसित र एक्लिएका रुस्लानले ड्रोनतर्फ आकाशमा हेर्दै आत्मसमर्पणको संकेत गर्छन् । 

Global Ime bank

एक घण्टा भन्दा बढी समय लागेको आत्मसमर्पण पक्रियामा रुसी सेनाले चलाइरहेको ड्रोनले नै उनलाई गाइड गर्छ । युक्रेनी सेनाले ड्रोनबाटै खिचेको आत्मसमर्पणको भिडियो खिच्ने पाइलट र आत्मसमर्पण गरेका रुस्लानसँग वाल स्ट्रिट जर्नलले अन्तर्वार्ता लिएको छ ।

आत्मसमर्पण गर्ने क्रममा उनले आफ्नो हतियार अंग्रेजी अक्षर 'एक्स'को संकेत हुने गरी भुइँमा राख्छन् र ड्रोनका पाइलटलाई विस्फोटक ग्रेनाइड नफाल्न अनुरोधको संकेत गर्छन् ।

अन्तर्वार्तामा रुस्लानले भनेका छन्– मैले आत्मसमर्पणको निर्णय लिन आवश्यक थियो । किनकि मलाई मेरा कमान्डरले फर्किएर आएमा मार्ने बताएका थिए । 

रुस्लानको वरिपरि सबै मरिसकेका लडाकु थिए । उनीमाथि दुई युक्रेनी ड्रोन आक्रमणको तयारीमा थिए ।

यस्तोमा उनले आत्मसमर्पण रोजे । हातको संकेत प्रयोग गर्दै उनले ड्रोनका पाइलटसँग कुराकानी गर्न खोजे । 

आत्मसमर्पण गरे मारिने हो कि भन्ने डर उनमा थियो । युक्रेनी अधिकारीले पाइलटलाई उनीसँग सम्पर्क बनाउन निर्देशन दिए ।

ती पाइलटले वाल स्ट्रिट जर्नललाई भनेका छन्, ‟मेरो शत्रु नै भए पनि मलाई निकै दु:ख लाग्यो । उसले मेरै केटाहरूलाई मारेको भए पनि मलाई दया लाग्यो ।”

युक्रेनी सेनाले आफू भएको ठाउँबाट ड्रोनमा ती रुसी सैनिकलाई एउटा कागजमा रुसी भाषामा नोट लेखेर पठाउँछ ।
चार मिनेटको बाटो पार गरी ड्रोनले नोट खसाल्छ र उनी नोट उठाउन खाडलबाट माथि उक्लिन्छन् ।

नोटमा ड्रोनलाई पछ्याउन भनिएको हुन्छ । रुस्लानले  आफूलाई मार्नलाई त होइन भन्ने सुनिश्चित गर्न फेरि सोध्छन् । 

जवाफमा ड्रोन होइन भन्ने संकेत गर्न दायाँ र बायाँ दिशामा चल्छ । त्यसपछि उनी युद्धमैदानबाट करिब एक किलोमिटर टाढा जान ड्रोन पछ्याउँदै यात्रा सुरु गर्छन् ।

बाटो पछ्याउँदै गर्दा उनी कयौँपटक आफ्नै मृत लडाकुको शरीरमाथि चढ्छन् । बेला बेला रुस्लान तीनै मृत लडाकुसँग बचेको पानी र चुरोट तान्न रोकिन्छन् ।

जब उनी खाडलै खाडल हिँडिसक्छन्, तब उनी मैदानमा पुग्छन् । त्यो मैदान नियन्त्रणका लागि रुसी र युक्रेनी दुवै पक्ष लडिरहेका थिए । 

जमिनमाथिबाट हिँड्न परेसँगै उनलाई दुवैतिरका सैनिकले देख्छन् र उनी ‘एक्सपोज’ हुन्छन् ।

उनी आफू सही बाटो हिँडिरहेको छु कि छैन भनेर स्पष्ट पार्न खोज्छन् । ड्रोनले तलमाथि उडेर 'हो' भन्ने संकेत गर्छ ।

हिँड्दाहिँड्दै उनी एउटा ध्वस्त भइसकेको लडाकु बोक्ने गाडीको छेउमा आराम गर्न खोज्छन् । त्यतिबेला उनीमाथि ‘आर्टिलरी फायर’ हुन्छ ।

अन्तमा उनी लड्नकै लागि युक्रेनी सेनाले बनाएको खाडल नजिक पुग्छन् । उनले हात आकाशतर्फ उठाउँछन् र आफ्नो हेल्मेट र अन्य सैन्य ड्रेस फुकाल्छन् ।

उनले आत्मसमर्पण गर्छन् । युक्रेनी सेनाले उनलाई भुइँमा बसाउँछन् र उनको हात बाँध्छन् । त्यसपछि रुस्लानलाई सेनाको गाडीमा हालेर गुप्त स्थानमा सोधपुछका लागि लगिन्छ ।

रुस फर्किएमा आफूलाई जेल हालिनेमा उनी विश्वस्त छन् । तर, पनि उनी आफ्नो देश फर्किन चाहन्छन् ।

उनले वाल स्ट्रिट जर्नललाई भनेका छन्, ‟उनीहरूले मलाई जेलमा हालून्, मलाई घर फर्किनुछ, परिवारसँग हुनुछ । जे मैले यहाँ देखे, अनुभव गरेँ यस्तो कहिल्यै देख्नु छैन ।”

वाल स्ट्रिट जर्नलका पत्रकारहरूले आत्मसमर्पणपछि मे १९ मा खार्किभ क्षेत्रको हिरासत केन्द्रमा गार्डको निरीक्षणमा ती रुसी सैनिकको अन्तर्वार्ता लिएको जनाइएको छ ।

रुस र युक्रेनबीचको युद्ध लगभग १५ महिना पूरा भएको छ । दुवै पक्षले हजारौँको संख्यामा सैन्य क्षति बेहोरेका छन् भने अर्बाैं डलरको आर्थिक क्षति भएको छ ।

रुसले चार युक्रेनी क्षेत्र डोनेत्स्क, खेरसन, लुहान्स्क र जापोरिज्जिया आफ्नो नियन्त्रणमा लिएको छ । अहिले युक्रेनी पक्षले ती क्षेत्र फिर्ता ल्याउने प्रयास गरिरहेको छ । 

युक्रेनी सेनाका वरिष्ठ कमान्डर ब्रिगेडियर जनरल ओलेक्सी ह्रोमोभले काउन्टर अफेन्सिभका क्रममा १०० वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा ल्याइसकेको दाबी गरेका छन् । तर, रुसले भने युक्रेनी आक्रमण असफल भइरहेको भनेको छ ।

रुसले युक्रेनलाई युरोपेली युनियन (ईयु) र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा सामेल नहुन आग्रह गर्दै आएको थियो । तर, रुसी आग्रहलाई मान्न युक्रेन र पश्चिमी मुलुक तयार नभएपछि आक्रमण सुरु गरेको हो ।

नेटो सन् १९४९ मा तत्कालीन सोभियत संघविरुद्ध स्थापित सैन्य गठबन्धन हो । ३० सदस्य  रहेको नेटोमा सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यससँग सीमा जोडिएको फिनल्यान्ड पनि सदस्य बनेको छ र स्विडेन पनि सदस्य हुन खोजिरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुनिटले रुसी आसपासका मुलुकमा नेटोको विस्तारलाई खतरा मान्दै आएका छन् । अहिलेको अवस्थामा रुस–युक्रेनयुद्ध अन्त्यको कुनै संकेत देखिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय