site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टोपबहादुरको संलग्नता पुष्टि हुने मुख्य प्रमाण : जाहेरी र डायरी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ लाई पूर्पक्षका लागि थुनामा पठाएको छ । 

न्यायाधीश प्रेमप्रसादको इजलासले रायमाझीलाई थुनामा पठाउन मुख्य प्रमाणको रूपमा प्रेमप्रसाद पन्थीको जाहेरी र सानु भण्डारीको घरबाट बरामद भएको डायरीलाई मानेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भण्डारीले प्रहरीसमक्ष बयान दिने क्रममा आफूले एक करोड ६० लाख रायमाझी स्वयम्लाई र ४० लाख उनका छोरा सन्दीप रायमाझीलाई बुझाएको बताएका थिए । भण्डारीको यस बयानलाई पनि प्रमाण मानिएको छ । 

न्यौपानेको इजलासबाट भएको आदेशको अंश
"प्रतिवादी टोपबहादुर रायमाझीका हकमा विचार गर्दा, प्रतिवादी सानु भण्डारीले मौकामा बयान गर्दा रु १,६०,००,००० (एक करोड साठी लाख) नगद र रु. ४०,००,०००। (चालिस लाख निजको छोरा सन्दीप रायमाझीलाई बैंकिङ प्रणालीमार्फत दिएको भन्ने उल्लेख गरेको, सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा यी प्रतिवादीलाई विभिन्न मितिमा रकम दिएको भन्ने उल्लेख भएको देखिन्छ । जाहेरवाला प्रेमराज पन्थीको जाहेरी ब्यहोरामा टंककुमार गुरुङको रेस्टुरेन्टमा टोपबहादुर रायमाझी, निजको पीए लिला जीसी, केशवप्रसाद दुलाल, सानु भण्डारी र भेषराज शर्मासमेतले घण्टौँ मिटिङ गरी अब तपाईंहरूको काम हुन्छ भनेका र बानेश्वरको एभरेष्ट होटलमा टोपबहादुर रायमाझीले टेन्सन नलिनू तपाईंहरूको काम पक्का हुन्छ भनेको र संसद् विघटन भएपछि सरकार परिवर्तन भएकाले अब हाम्रो सरकार आएपछि मात्र तपाईंहरूको काम हुन्छ भन्ने उल्लेख गरेको, सहप्रतिवादीहरू सानु भण्डारी, केशवप्रसाद दुलाल र टेकनाथ रिजालको बयानसमेतबाट यी प्रतिवादीको आरोपित कार्यमा संलग्नता रहेको देखियो ।"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय