site stats
बाह्रखरी :: Baahrakhari
देश
बालकृष्ण खाँणको प्रतिक्रिया : थुनामा रहँदा अध्ययन गर्छु, अदालतबाट न्याय होला 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पूर्पक्षका लागि थुनामा पठाउने आदेश अनुसार केन्द्रीय कारागार चलान भएका छन् । 

उनले अदालतबाट बाहिरिँदै गर्दा आफू निर्दोष भएको र अदालतबाट न्याय पाउने बताएका छन् । 

“मेरो संलग्नता छैन, म निर्दोष थिए,” खाँणले अदालतबाट बाहिरिँदै गर्दा पत्रकारसँग भने । 

उनले थुनामा रहँदा अध्ययन गरेर समय बिताउने बताएका छन् । “थुनामा रहँदा अध्ययन गर्छु, अब अदालतबाटै न्याय होला,” खाँणले भने, “सबै साथीहरूलाई धन्यवाद । म गएँ ।”
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्