देश

काठमााडौं । नक्कली शरणार्थी प्रकरणमा दुईजना आजै रिहा हुने भएका छन् ।
अभियुक्तमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख धरौटी बुझाएर रिहा हुन लागेका हुन् । गुरुङ होटल व्यवसायी हुन् भने महर्जन नेपाल प्रहरीको अस्पतालमा कार्यरत नर्स हुन् ।
यी दुईबाहेक सबैलाई थुनामा पठाउने आदेश भएको छ । पूर्वमन्त्री बालकृष्ण खाँण र सांसद तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहितलाई थुनामा पठाउने आदेश भएको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १८:५१
प्रतिक्रिया दिनुहोस्