site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्ता विभाजित : एउटा समूहले गर्‍यो बहिष्कार
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्ता विभाजित भएका छन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीहरूले सामूहिक रूपमा प्रवेश पाउनुपर्ने बताएका थिए । 

समितिको कार्यविधि पनि आफूहरूको संलग्नतामा बनाउनुपर्ने उजुरीकर्ताको अडान थियो । अडान राख्ने समूह सुनुवाइ समितिको वैधानिकतामै प्रश्न उठाउँदै बहिष्कार घोषणा गरेर हिँडेको छ । अर्को समूह समितिको बैठकमा प्रवेश गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा प्रवेश गरेका छविन्द्रराज कँडेल र गणेशलाल अवालेको टोलीले उजुरीकर्ताको संगठन नभएको तर्क गरेको छ ।

“उजुरीकर्ताका समस्या आ–आफ्नो छ,” उनीहरूले भनेका छन्, “हामी हाम्रो कुरा राख्छौँ । किनभने, हामी उनीहरू (बहिष्कार गर्ने)को समूहमा छैनौँ ।”

Global Ime bank

सुनुवाइ समितिले भने उजुरीकर्तालाई एउटा उजुरीमा एकजना भए एक वा संयुक्त भए जतिजनाको छ, त्यही दरले बैठकमा बोलाउन सुरु गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement