site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्वाएटेकलाई लगातार दोस्रो पटक फ्रेन्च ओपनको उपाधि

काठमाडौं । पोल्याण्डकी इगा स्वाएटेकले पेरिसको ‘क्ले कार्ट’मा आफ्नो प्रभुत्व कायम राख्दै शनिबार राति फ्रेन्च ओपनको उपाधि जितेको छ ।

विश्व नम्बर एक स्वाएटेकले चेक गणतन्त्रकी क्यारोलिना मुचोभालाई २–१ ले हराउँदै उपाधि जितेकी हुन् । उनले पछिल्लो चार वर्षमा तेस्रो पटक उपाधि जितेकी हुन् ।

रोमाञ्चक फाइनलमा खेलमा २२ वर्षीया स्वाएटेकले मुचोभालाई ६–२, ५–७, ६–४ को स्कोरमा हराएकी हुन् । स्वाएटेकको समग्रमा यो चौथो ग्रान्डस्लाम उपाधि हो । फ्रेन्च ओपनबाहेक स्वाएटेकले गत यूएस ओपनको उपाधि जितेकी थिइन् ।

Dabur Nepal
NIC Asia

गतवर्ष अप्रिलमा विश्व नम्बर एक बनेपछि स्विटेकले २६ ग्रान्डस्लाम खेलमध्ये दुई मात्रै हारेकीछिन् । गएरातिको जितसँगै फ्रेन्च ओपनमा स्वाएटेक सन् १९९०–९२ मा मोनिका सेलेसपछि लगातार उपाधि जित्ने सबैभन्दा कान्छी महिला खेलाडी बनेकी छिन् ।

“सबैभन्दा पहिले क्यारोलिना मुचोभालाई बधाई छ,” स्वाएटेकले भनिन् । स्वाएटेक २००७ मा जस्टिन हेनिन पछि फ्रेन्च ओपनको उपाधि रक्षा गर्ने पहिलो महिला खेलाडी बनेकी छिन् ।

“मलाई थाहा थियो कि आज एक कठिन खेल हुनेछ । मलाई आशा छ कि मुचोभाले अझै धेरै फाइनल खेल्न जाँदै हुनुहुन्छ । तपाईको टिमलाई बधाई छ । मलाई थाहा छ टिम कति महत्त्वपूर्ण छन् भनेर । मेरो टिम बिना म यहाँ आउन सक्दिँन,’’ स्वाएटेकले थपिन्, “मेरो टिमलाई अन्तिम समयसम्म यस्तो पीडा भएकोमा माफी चाहन्छु .... । आगामी दिनमा अझ राम्रो गर्ने प्रयास गर्नेछु । मलाई थाहा छ हामीले यो प्रतियोगिता जित्यौं । तर यो सजिलो थिएन । दुई साताको यो भ्रमण निकै गाह्रो भयो । मेरो टिमलाई धन्यवाद । मेरो परिवार तथा पोल्याण्डबाट आएका सबैप्रति आभारी छु । र, फ्रान्सका सबै समर्थकलाई धन्यवाद । योमेरो मनपर्ने ठाउँ पनि हो ।’’

२६ वर्षीया मुचोभाले सेमिफाइनलमा दोस्रो वरीयताप्राप्त आर्यना साबलेन्कालाई स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएकी थिइन् । मुचोभाले अष्ट्रेलियन ओपन विजेता साबलेन्कालाई २–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । तर, फाइनलमा स्वाएटेकलाई रोक्न भने मुचोभा असफल भइन् ।

“म थोरै मात्र बोल्छु । किनभने यो अलि भावनात्मक छ,’’ मुचोभाले आँसु बगाउँदै भनिन्, “उपाधिबाट अहिलेसम्म नै धेरै नजिक थिए । तर मैले एक उत्कृष्ट खेल खेलेँ । इगा, म तपाईलाई फेरि ठूलो स्वरमा बधाई दिन चाहन्छु र तपाईंको टोलीलाई बधाई ।मेरो बक्सबाट जब म मानिसहरूलाई हेर्छु । मलाई लाग्छ कि म विजेता हुँ । धन्यवाद । म आशा गर्छु कि यो सुरुआत मात्र हो । हामीले धेरै लामो यात्रा गर्न बाँकी छ ।’’

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro