site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनकोसीमा कर्मचारी भुर्तेलको शव फेला, आफन्तले बुझे
फाइल तस्बिर ।

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेलको शव फेलापरेको छ ।

यही जेठ १९ गते सिन्धुलीस्थित सुनकोसी नदीमा गाडी खस्दा भुर्तेलसहित (सीटीईभीटी)का तीन कर्मचारी बेपत्ता भएका थिए । अरू दुई कर्मचारीको शव यसअघि नै फेलापरेको थियो ।

पूर्वी नवलपरासीका भुर्तेलको शव शुक्रबार (हिजो) दिउँसो १ बजेतिर फेलापरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी एवं डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित सुनकोसी नदीछेउमै भुर्तेलको शव फेलापरेको उनले बताए । “नदी साइडमै शव फेलापरेको हो । हिजो दिउँसो शव देखिएको थियो । आफन्तलाई बोलाएर पहिचान गरेपछि हिजो साँझतिरै शव लगे,” उनले बाह्रखरीसित भने ।

यसअघि, गएको मंगलबार साँझ नदीमा भेटिएको गाडीभित्र दुई कर्मचारीको शव फेलापरेको थियो । प्रहरीका अनुसार त्यति बेला सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको थियो ।

दुर्घटनामा परेको उक्त गाडीका चालक दाङको राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी भने सकुशल छन् । उनले ‘ब्रेकफेल’पछि गाडी अनियन्त्रित भएर दुर्घटना भएको बताएको डीएसपी दाहालले जानकारी दिए ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, लौकुन नभघाटस्थित सडकबाट गाडी करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको थियो । भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जीप दुर्घटनामा परेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro