
काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिसका लागि समिति गठन गरेको छ ।
न्याम्सका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च समिति गठन गरेका हुन् ।
कमिटीले न्याम्सको उपकुलपति सिफारिस गर्ने छ । त्यसका लागि आवेदन आह्वान गरिएको छ । इच्छुक व्यक्तिलाई सात दिनभित्र मन्त्रालयमै वा इमेल ठेगाना heocmohp@gmail.com मा आवेदन दिन भनिएको छ ।
निवेदन दिँदा विस्तृत कार्ययोजनासहित अनुभव खुल्ने व्यक्तिगत विवरण, काउन्सिलको दर्ता तथा नविकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने छ ।