site stats
बाह्रखरी :: Baahrakhari
देश
अझै केही दिन तापक्रम नघट्ने, असार १ देखि देशैभर वर्षा हुने
जेठ २५ गतेको अधिकतम तापक्रममा आधारित तातो, धेरै तातो र अत्यधिक तातो दिनको चेतावनी नक्सा । स्रोत : जल तथा मौसम विज्ञान विभाग

काठमाडौं । नेपालका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने भएको छ । देशभर बढेको तापक्रमबारे जानकारी दिन आयोजना गरिएको छलफल कायक्रममा मौसमविद्हरूले अधिकतम तापक्रम तत्काल घट्ने सम्भावना नहरेको बताएका हुन् ।

मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने र सरदर भन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । उनले न्यूनतम तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपालमा १३ जुन (जेठ ३०) बाट मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन गर्मी रहने बताइन् । उनका अनुसार अबको दुई दिनभित्र नेपालको पूर्वी भूभागमा वर्ष हुने छ । असार १ देखि भने देशैभर वर्षा हुने छ ।

"नेपालमा मनसुन प्रवेश गर्ने भनेको १३ जुन हो । अब एक दुई दिनमा पूर्वी भूभागमा वर्षा हुने छ भने १६ तारिखदेखि वर्षा हुने देखिएको छ । हिट वेब अझै केही दिन लम्बिने छ," उनले भनिन् । 

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरूले ठाउँ ठाउँमा माटोका भाँडाहरूमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागतीहरू हालेर पानी खुवाउने र मोहीहरू खुवाउने विधिलाई अघि बढाउन जरुरी रहेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्