site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तोकिएको लेबी नबुझाए जसपाको विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरू नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ ।

बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरूलाई लेबी बुझाउन ताकेता गरेको छ ।

"जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य र केन्द्रीय सदस्यज्यूहरूले पार्टीले तोकेको लेबी २०७९ साउनदेखि २०८० असारसम्मको बाँकी रहेको लेबी रकम मिति २०८० असार ५ गतेसम्म बुझाउन अनुरोध गरिन्छ," पत्रमा भनिएको छ ।

जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि एक हजार रुपैयाँ, राजनीतिक समिति सदस्यकालागि ७०० र केन्द्रीय सदस्यहरूका लागि ५०० रुपैयाँ मासिक लेबी तोकेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro