site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चार क्षेत्रको पुर्नसंरचना गर्न नयाँ कानुन आवश्यक : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुर्नसंरचनाका लागि कानुन निर्माणमा जोड दिएको बताएकी छन् ।

आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

उनले राजनीतिक परिवर्तन, सूचना प्रविधिको विकाससँगै आम सञ्चार क्षेत्रमा पनि परिवर्तन आवश्यक देखेर आफूले मन्त्रालय सम्हालेलगत्तै कानुन निर्माणमा जोड दिएको बताएकी छन् ।

आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनका विषयमा अध्ययन तथा सम्वाद गरी सुझाव दिन गत फागुन २६ मा आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गर्न मन्त्रीस्तरीय निर्णय भएको थियो ।

वरिष्ठ पत्रकार डा. सुरेश आचार्यको संयोजकत्वमा गठित आम सञ्चार सुधार सुझाव समितिले तीनवटा विधेयक, एउटा विधेयकमाथिको सुझाव र अन्य नीतिगत सुझाव समेटेर प्रतिवेदन तयार पारेको थियो ।

उक्त प्रतिवेदन ग्रहण गर्दै मन्त्री शर्माले मन्त्रालयले एक चरण अध्ययन गरेर विधेयकहरू प्रक्रियामा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन्।

सार्वजनिक सेवा प्रसारण विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको जानकारी दिँदै उनले समितिले दिएको सुझावको आधारमा अन्य विधेयक अघि बढाउने बताएकी छन् ।

"विगतमा सरकारले एउटा सोचबाट कानुनको मस्यौदा गर्ने तर मुख्य सरोकारवालाहरुकै विमति रहने अवस्था पनि देखियो" मन्त्री शर्माले भननिन्, "अब त्यस्तो नहोस् र सबै कानुनहरुको पत्रकारिता क्षेत्रले स्वामित्व लिन सहज होस् भनेर जीवनको महत्वपूर्ण हिस्सा पत्रकारितामै समर्पण गरेका विज्ञ पत्रकारहरूलाई यो जिम्मा दिइएको हो, समयमै महत्वपूर्ण प्रतिवेदन तयार गरेकोमा धन्यवाद पनि भन्न चाहन्छु ।"

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पनि प्रतिवेदन अध्ययन गरी चाँडोभन्दा चाँडो प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समितिका संयोजक डा. आचार्यले समितिको २७ वटा बैठक र सरोकारवालासँगका चार वटा अन्तर्क्रियापछि प्रतिवेदन तयार पारिएको जानकारी दिएका छन् ।

प्रतिवेदनमा नेपाल मिडिया काउन्सिल विधेयक, आम सञ्चार विधेयक र राष्ट्रिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको मस्यौदा तथा सार्वजनिक सेवा प्रसारण विधेयकमाथिको सुझाव र आम सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि नीगित सुुझावहरू समावेश गरिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro