site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी वकिल र जाहेरवालाको बहस सकियो, भोलिदेखि अभियुक्तको तर्फबाट हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारबाट सुरु भएको थुनछेक बहसमा भोलिबाट अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्ने छन् । 

आइतबारबाट सुरु भएको बहसमा पहिलो दिन जिल्ला न्यायाधिवक्ताद्वय महेश खत्री र जनक घिमिरेले बहस गरेका थिए । सोमबार दोस्रो दिन जिल्ला न्यायाधिवक्ता सिताराम अर्याल, सहायक न्यायाधिवक्ता दिनेश भट्टराई र प्रकाश घिमिरेले बहस गरे । तेस्रो दिन सहायक न्यायाधिवक्ता सुभद्र परियार, निर्मला मरासिनी र हरिलाल भोरणले बहस गरेसँगै सरकारी वकिलहरूको तर्फबाट बहस सकिएको हो । 

Dabur Nepal
NIC Asia

सरकारी वकिलकोतर्फबाट बहस सकिएसँगै जाहेरवालाको तर्फबाट पाँच कानुन व्यवसायीहरूले बहस गरेका छन् । अधिवक्ताहरू शुसिल शर्मा सापकोटा, धर्वलाल श्रेष्ठ, दीपक राज रेग्मी, स्वागत नेपाल, हरिप्रसाद खरेल र राधिका चौलागाईले जाहेरवालाहरूको तर्फबाट बहस गरेका हुन् । 

सरकारी वकिलसहित जाहेरवालाका कानुन व्यवसायीले तत्काल प्राप्त प्रमाणका आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राखेर माग गरेका छन् । 

भोलिबाट हुने अभियुक्ततर्फको बहस अभियुक्तहरूको बयान लिइएको क्रमका आधारमा हुने छ । न्यायाधीश न्यौपानेका अनुसार बयान लिँदाको क्रमका आधारमा भोलि सुरुमा केशव दुलालका कानुन व्यवसायी, त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्ने छन् ।

न्यायाधीश न्यौपानेले अर्को मंगलबारसम्म अभियुक्तहरूका कानुन व्यवसायीको बहसका लागि समय तोकेका छन् । अर्को बुधबार सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता अच्युत नेउपानेले जवाफी बहस गर्ने छन् । सोही दिन बहस सकिए अदालतबाट थुनछेक आदेश हुने छ ।

थुनछेक आदेशमा इजलासले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी लिने वा तारेखमा छाड्नेमध्ये एक आदेश गर्ने छ । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको भन्दै ठगीसहित पाँच अभियोगमा ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । ३० मध्ये १८ अभियुक्त पक्राउ परेका छन् भने १२ अझै फरार छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro