site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतमा विद्युत् व्यापार बढाउन पीपीए खुला गर्नुपर्छ : इप्पान

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले ऊर्जा क्षेत्रमा ठूलो उपलब्धि भएको बताएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दुई देशका प्रधानमन्त्रीले नेपालको ऊर्जा भारतीय बजारमा बेच्ने प्रतिबद्धता जनाएको भन्दै यसले विद्युत् उत्पादकहरूलाई सकारात्मक सन्देश दिएको जानकारी दिएको हो ।

अब भारतसँग व्यापार गर्ने विद्युत् उत्पादन बढाउन रोकिएर रहेका १० हजार ५०० मेगावाटका विद्युत्को खरिद–बिक्री (पीपीए) खुलाउनुपर्ने इप्पानको माग छ ।

Dabur Nepal
NIC Asia

यसका लागि प्रधानमन्त्रीले नै मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएर पीपीए खुला गर्नुपर्ने इप्पानका उपाध्यक्ष गणेश कार्कीले बताए ।

“विगत केही वर्षदेखि रोकिएर रहेका करिब १० हजार ५०० मेगावाट क्षमताभन्दा बढीका आयोजनाहरूको विद्युत् खरिद विक्री तत्काल खुलाउनको लागि प्रधानमन्त्रीमार्फत् उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनुपर्छ,” उनले भने ।

नेपाल–भारत विद्युत् व्यापारका लागि बुटवल–गोरखपुर ४०० के.भी. प्रसारण लाइनको शिलान्यास दुई देशका प्रधानमन्त्रीले गरेका थिए ।

फुकोट कर्णाली ४८० मेगावाट जलविद्युत् परियोजना विकाससम्बन्धी समझदारी भएको छ भने तल्लो अरुण ६६९ मेगावाटको जलविद्युत् परियोजना विकास सम्झौता भएको छ ।

त्यस्तै, नेपालभित्र विद्युत् प्रसारण लाइन निर्माणका लागि एक्जिम बैक इण्डीयाबाट सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेसम्बन्धी सम्झौताले नेपाली ऊर्जा उत्पादकहरूलाई हर्षित बनाएको व्यवसायीको भनाइ छ ।

कर्जाको उपयोग, नेपालमा निर्माणाधीन जलविद्युत् सडक जस्ता ठूलापूर्वाधार आयोजनामा आवश्यक विस्फोटक पदार्थको सहज र सरल आपूर्ति पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवदन (डीपीआर) लाई तीन महिनाभित्र अन्तिम रूप दिने सम्झौता भएको छ ।

वित्तीय प्रवन्धसहित दुवै सरकारले डीपीआर स्वीकृत गरेपछि एक वर्ष भित्रमा कार्यान्वयनमा जाने जस्ता उर्जा क्षेत्रमा भएका महत्वपुर्ण सम्झौताहरू भएकाले पनि व्यवसायीलाई आशा दिलाएको बताए ।

साथै भारतका प्रधानमन्त्रीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य रहेको बताएकाले पनि त्यो अनुसारको पूर्वाधार तयार गर्न सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्ने बताइएको छ ।

उक्त उर्जा व्यापार सम्झौता दुवै देशका सचिवस्तरमा सम्पन्न भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि उर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण बनेको महसुस भएको पनि बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro