site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मध्य बानेश्वरमा सामसङले गर्‍यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ

काठमाडौं । सामसङ कम्पनीले काठमाडौंको मध्य बानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

सर्भिस सेन्टरको उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणयरत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आईएमएसका सेल्स हेड कैलाश अइयरको समेत उपस्थिति थियो । सामसङद्वारा नेपालमा खोलिएको यो २१औँ सर्भिस सेन्टर हो ।

Dabur Nepal
NIC Asia

निरन्तर रूपमा ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हालसम्म सामसङले काठमाडौं उपत्यकाभित्र ६ र उपत्यकाबाहिर १५ गरी २१ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरबाट वारेन्टी भएका र नभएका दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जनाइएको छ ।

सो सर्भिस सेन्टरबाट बानेश्वरसहित कोटेश्वर, चाबहिल, बौद्ध र नजिकको क्षेत्रका ग्राहकले लाभ लिन पाउने सामसङको विश्वास छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro