site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिको कदम नसच्चिएसम्म एमालेले संसद् चल्न नदिने
फाइल तस्बिर।

काठमाडौं । बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । नेकपा (एमाले)का सचेतक महेश बर्तौला राष्ट्रपतिहको असंवैधानिक कदम नसच्चिएसम्म संसद् चल्न नसक्ने बताउँछन् ।

सभामुखको पहलमा सहमतिको प्रयास जारी रहे पनि एमालेले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम नसच्चिएसम्म संसद् चल्न नदिने अडान राखेको छ । उसको अडानका कारण बिहान ११ बजेका लागि डाकिएको बैठक अझै सुरु हुन नसकेको हो ।

“हामी छलफलमै छौँ । सभामुखको पहलमा छलफल जारी छ,” बर्तौलाले बाह्रखरीसँग भने, “राष्ट्रपतिको नागरिकता विधेयक प्रमाणीकरण गर्ने असंवैधानिक कदम फिर्ता नभएसम्म संसद् चल्न सक्दैन ।”

उनले राष्ट्रपतिको कदम संसद्को विशेषाधिकारमाथिको हस्तक्षेप भएको बताए ।

“प्रधानमन्त्रीले पनि संसद्को अधिकार क्षेत्र हनन् गर्ने गरी सिफारिस गर्नु हुन्थेन,” बर्तौलाले भने, “राष्ट्रपतिको कदम पनि संसद्को विशेषाधिकारमाथिको ठाडो हस्तक्षेप हो ।”

एमालेकै विरोधका बावजुद तत्कालीन राष्ट्रपति विद्या भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता (संशोधन) विधेयक गत वर्ष असोजमा रोकिदिएकी थिइन् । राष्ट्रपतिले संविधानको धारा ११३(४) को संसद्ले दोस्रोपटक पारित गरेर पठाएइको विधेयक १५ दिनभित्र अनिवार्य प्रमाणीकरण गर्नुपर्ने प्रावधान उल्लंघन गरेपछि नागरिकता विधेयकमा राजनीति हुँदै आएको छ ।

त्यही विधेयक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेस, नेकपा (माअ‍ोवादी केन्द्र), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितले भने विधेयक प्रमाणीकरणको स्वागत गरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro