site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेता स्वाएटेक र रिबाकिना फ्रेन्च ओपनको तेस्रो चरणमा

काठमाडौं । साविक विजेता इगा स्वाएटेक र विम्बल्डन विजेता रिबाकिनाले बिहीबार राति फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाउन सफल भएका छन् । 

विश्व नम्बर एक पोल्यान्डकी स्वाएटेक फ्रेन्च ओपनमा पछिल्लो चार वर्षमा तेस्रो उपाधि जित्ने लक्ष्यमा छिन् । उनले दोस्रो चरणमा अमेरिकाकी क्लाइर लिउमाथि ६–४, ६–० को सहज जित दर्ता गरेकी हुन् । स्वाएटेकले अब चीनकी वाङ सिउविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । २१ वर्षिया सिउले स्विडेनकी २७ वर्षिया रेबेक्का पिटरसनलाई ७–६(७/५), ६–२ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाउन सफल भएकी हुन् । 

गतसाता इटालियन ओपनको उपाधि जित्न सफल काजकिस्तानकी रिबाकिनाले दोस्रो चरणमा चेक गणतन्त्रकी लिन्डा नोसकोभालाई २–० को सोझो सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् । चौथो वरीयताप्राप्त २३ वर्षिया रिबाकिनाले १८ वर्षिया नोसकोभालाई  ६–३, ६–३ को स्कोरमा हराएकी हुन् । 

Dabur Nepal
NIC Asia

रिबाकिनाले अब स्पेनकी सारा सोरिबस टोर्मोसँग प्रतिस्पर्धा गर्नेछिन् । टोर्मोले क्रोएसियाकी पेट्रा मार्टिकलाई ६–४, ६–१ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाउन सफल भएकी हुन् । 

फ्रेन्च ओपनमा स्वाएटेक र रिबाकिनासँगै दोस्रो वरीयतामा रहन सफल बेलारुसकी आर्यना साबलेन्कालाई प्रमुख उपाधि दाबेदारका रुपमा लिइएको छ । यी तीन जनाले पछिल्लो चार ग्राण्डस्लामको उपाधि एक आपसमा बाडेका छन् । 

FxipiZFWYAEfOt-1685676276.jpeg

फ्रेन्च ओपनमा गएराति छैटौँ वरीयताप्राप्त अमेरिकाकी कोको गाउफले पनि सोझो सेटमा विजय हासिल गर्दै तेस्रो चरणमा स्थान बनाएकी छिन् । १९ वर्षिया गाउफले अष्ट्रियाकी जुलिया ग्राभरलाई ६–२, ६–३ को सहज नतिजामा हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् । गाउफले अब रुसकी १६ वर्षिया मिरा आन्द्रेभासँग प्रतिस्पर्धा गर्नेछिन् । 

आन्द्रेभाले फ्रान्सकी डियान पारेलाई ६–१, ६–२ को स्कोरमा हराएकी थिइन् । यससँगै आन्द्रेभा फ्रेन्च ओपनको तेस्रो चरण पुग्ने सातौँ १७ वर्षभन्दा कम उमेरको खेलाडी बन्न सफल भएकी छिन् । त्यसमध्ये तीन खेलाडी इभा माजोली, मार्टिना हिङ्गिस र सेरेना विलियम्सले फाइनलसम्मको यात्रा तय गरेका थिए । 

ट्युनेसियाकी ओन्स जाबेउरले पनि सोझो सेटमा विजय हासिल गर्दै तेस्रो चरणमा स्थान बनाएकी छिन् । सातौँ वरीयताप्राप्त २८ वर्षिया जाबेउरले फ्रान्सकी २६ वर्षिया ओसियन डोडिनलाई ६–२, ६–३ को स्कोरमा हराएकी हुन् । जाबेउरले अब सर्वियाकी ओल्गा ड्यानिलोभिकसँग प्रतिस्पर्धा गर्नेछिन् । २२ वर्षिया ड्यानिलोभिकले इटालीकी २७ वर्षिया ज्यासमिन पाओलिनीलाई ६–२, ७–५ को स्कोरमा हराएकी थिइन् । 

अमेरिकाकी केला डेले आफ्नै देशकी २०औँ वरीयताप्राप्त म्याडिसन किसलाई ६–२, ४–६, ६–४ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाइन् । २३ वर्षिया डेले अब स्लोभाकियाकी अन्ना क्यारोलिना स्मेडलोभासँग प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै १४औँ वरीयताप्राप्त ब्राजिलकी बिएट्रिज हाडेड माइयाले रुसकी डिएना स्नाइडरलाई ६–२, ५–७, ६–४ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाइन् । उनले अब रुसकी २८ वर्षिया एकातेरिना एलेक्जान्द्रोभासँग प्रतिस्पर्धा गर्नेछिन् । 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro