site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्लबले खेलाडी फुकुवा नगर्ने भएपछि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगका १० क्लबहरूले खेलाडी फुकुवा नगर्ने घोषणा गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ ।

बिहीबार १० क्लबले लिग समाप्त नहुँदासम्म खेलाडी नछोड्ने बताएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको हो ।

साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि निर्धारित तालिकाअनुसार शुक्रबारदेखि दशरथ रंगशालामा टोलीको प्रशिक्षण हुने तालिका थियो ।

बिहीबार नै कुपन्डोलस्थित फ्रेन्ड्स क्लबको भवनमा लिगका १० क्लबहरूको प्रतिनिधिसहित बसेको बैठकले लिग जारी रहँदा पनि खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएको भन्दै लिग समाप्त नहुँदासम्म नपठाउने निर्णय गरेका थिए ।

क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पुरानो तयारी खर्च, दोस्रो किस्ता, म्याच मनी र म्यान अफ दी म्याचको रकम उपलब्ध गराउन ताकेता गर्दा रकम नआएको भन्दै जेठ १९ गतेदेखि रकम नआउन्जेल विरोध स्वरुप खेलाडी र पदाधिकारीहरूले कालो पट्टी लगाएर लिगको खेलहरू खेल्ने निर्णयसमेत गरेका थिए ।

कुपन्डोलमा यी निर्णय हुँदा लिगका फ्रेन्ड्स क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी क्लब, फुटबल क्लब खुमलटार, सातदोबाटो युथ क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लबको प्रतिनिधि उपस्थित थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro