site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
८८ किलो सुन काण्डमा मुछिएका मानबहादुर तामाङ पक्राउ

काठमाडौं । ८८ किलो सुन काण्डमा मुख्य भूमिका रहेको खुलेपछि रसुवाको क्षेत्र नम्बर १ ख बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाको निर्वाचनमा समानुपातिक सिफारिसमा परेका मान बहादुर तामाङ पक्राउ परेका छन् । 

महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई सोमबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो । नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत रहेका तामाङलाई ८८ किलो सुन काण्डमा पक्राउ परेका अभियुक्तले नाम पोलेपछि प्रहरीले पक्राउ गरेको हो । 

उच्च स्रोतका अनुसार पक्राउ परेका तामाङ केरुङ हुँदै नेपाल भित्रिने ठूलो परिमाण सुनको नेपाल एजेण्ट हुन् ।

स्रोतका अनुसार ८८ किलो सुनको नेपालतर्फ क्लियर बनाउने जिम्मा पनि उनकै भएको अनुसन्धानबाट खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले अनुसन्धान अघि बढाएको छ ।  

तस्बिर : तामाङकै फेसबुक

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro