site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुर्तीजन्य पदार्थको कुलत हटाउन वीरमा निःशुल्क ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ 
फाइल तस्बिर ।

काठमाडौं । सुर्तीजन्य पदार्थको कुलत हटाउन चाहने व्यक्तिहरूका लागि वीर अस्पतालमा निःशुल्क ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ सेवा सुरु गरिएको छ । बुधवार (हिजो)देखि यो सेवा सुरु गरिएको हो ।

सो सेवाअन्तर्गत सुर्तीजन्य पदार्थको कुलत छोड्न चाहनेलाई निःशुल्क परामर्श तथा निकोटिन गम (चुइङ ट्याबलेट) उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

निकोटिन रिप्लेसमेन्ट थेरापी सेवाका लागि लागि मुख तथा दन्त विभाग, क्यान्सर रोग, छाती रोगलगायत विभिन्न विभागबाट विशेषज्ञ चिकित्सकहरू सहभागी हुनेछन् ।

निकोटिन रिप्लेसमेन्ट थेरापी सुर्तीजन्य पदार्थको कुलत छुटाउन विभिन्न देशहरूमा प्रयोग हुँदै आएको प्रभावकारी पद्धति हो । नेपालमा भने यो सेवा पहिलोपटक वीर अस्पतालबाट सुरु गरिएको हो । यसका लागि विश्व स्वास्थ्य संगठनको सहयोग रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro