site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साबलेन्का तेस्रो चरणमा, गार्सिया र फर्नान्डेज बाहिरिन् 

काठमाडौं । पाँचौँ वरीयताप्राप्त क्यारोलिन गार्सिया फ्रेन्च ओपनको दोस्रो चरणबाटै बाहिरिएकी छन् । दोस्रो वरीयताकी आर्यना साबलेन्काले तेस्रो चरणमा स्थान बनाउँदा लेलह फर्नान्डेज पनि दोस्रो चरणबाटै बाहिरिइन् ।

घरेलु कोर्टमा दाबेदार मानिएकी गार्सिया रुसकी अन्ना ब्लिनकोभासँग ४–६, ६–३ र ७–५ को स्कोरमा पराजित भएकी हुन् । विजयी ब्लिनकोभाले अब युक्रेनकी स्भितोलिनाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । स्भितोलिनाले अष्ट्रेलियाकी स्टोर्म हन्टरलाई २–६, ६–३ र ६–१ को स्कोरमा हराइन् ।

Dabur Nepal
NIC Asia

दोस्रो वरीयाताकी सबालेन्काले आफ्नै देशकी आर्यना शेमानोभिचलाई ७–५ र ६–२ को स्कोरमा पराजित गरिन् । आर्यनाले अब रुसकी कामिला राखिमोभाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । राखिमोभाले पोल्यान्डकी मागडालेना फ्रेचलाई ६–३ र ६–४ को स्कोरमा हराएकी थिइन् ।

सन् २०१७ को विजेता जेलेना ओस्टापेन्का अमेरिकाकी पेटन स्टर्नससँग ३–६, ६–१ र २–६ को स्कोरमा पारजित भइन् । स्टर्नले गत वर्ष यूएस ओपनबाट ग्रान्डस्लाममा डेब्यु गरेकी थिइन् । देशबाहिर स्टर्नले खेलेको यो पहिलो ग्रान्डस्लाम प्रतियोगिता हो । उनले अब नवौँ वरीयताप्राप्त डारिया कासतकिनाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । रुसकी कासतकिनाले मार्केटा भोन्द्रोउसोभालाई ६–३ र ६–४ को स्कोरमा पारजित गरेकी हुन् ।

तेस्रो वरीयताप्राप्त जोसिका पेगुलाले इटालीकी कामिला जियोर्गीलाई हराउँदै तेस्रो चरणमा स्थान बनाइन् । पेगुलाले पहिलो सेट ६–२ ले जितेकी थिइन् । दोस्रो सेटमा चोटका कारण जियोर्गीले नखेल्ने भएपछि पेगुलाले तेस्रो चरणमा स्थान बनाएकी हुन् । अमेरिकाकी पेगुलाले अब २८औँ वरीयताप्राप्त बेल्जियमकी इलिस मार्टेन्सविद्ध प्रतिस्पर्धा गर्नेछिन् । मार्टेन्सले कोलम्बियाकी कामिला आसोरियोलाई ६–३ र ७–६ (७र्‍३) को स्कोरमा हराइन् ।

२०२१ को यूएस ओपन उपविजेता २० वर्षीया फर्नान्डेज डेनमार्ककी क्लारा टौसनसँग ३–६, ७–५ र ४–६ को सेटमा पराजित भइन् । विजयी टौसनले अब रुसकी एलिना अभानेस्यनविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । २० वर्षीया अभानेस्यनले फ्रान्सकी लियोलिया जेनजेनलाई ६–० र ७–५ को स्कोरमा हराएकी हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro