site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जोकोभिच र अल्कारेज फ्रेन्च ओपनको तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर एक कार्लोस अल्कारेज र तेस्रो वरीयताप्राप्त नोभाक जोकोभिच फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाउन सफल भएका छन् ।

पुरुष टेनिसमा कीर्तिमानी २३औँ ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका सर्वियाका जोकोभिचले हंगेरीका मार्टोन फुकसोभिक्सलाई ७–६ (७/२), ६–० र ६–३ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । ३६ वर्षीय जोकोभिचले अब स्पेनका एलेजान्द्रो डेभिडोभिच फोकिनाविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । फोकिनाले दोस्रो चरणमा फ्रान्सका लुका भान एस्चेलाई ६–४, ६–३ र ७–६ (८/६) को स्कोरमा हराएका हुन् ।

विश्व नम्बर एक स्पेनका अल्कारेजले जपानका तारो ड्नियललााई हराउन चार सेटसम्म खेल्नुपरेको थियो । २० वर्षीय अल्कारेजले ड्नियललाई ६–१, ३–६, ६–१ र ६–२ को सेटमा हराएका हुन् । गत वर्ष यूएस ओपनको उपाधि जितेका अल्कारेजलाई फ्रेन्च ओपनको प्रमुख दाबेदारमध्ये एक मानिएको छ ।

अल्कारेजले अब तेस्रो चरणमा क्यानडाका डेनिस शापोभालोभविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । शापोभालोभले इटालीका माटेयो अर्नाल्दीलाई ६–२, ३–६, ६–३ र ६–३ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् ।

पाँचौँ वरीयताका स्टेफानो सिट्सिपसले तेस्रो चरणमा अर्जेन्टिनाका डिएगो स्वार्ट्जमनसँग प्रतिस्पर्धा गर्ने भएका छन् । सन् २०२१ का उपविजेता ग्रिसका सिट्सिपसले स्पेनका रोबर्टो कार्बालेस बाइनालाई ६–३, ७–६ (७–४) र ६–२ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । स्वार्ट्जमनले पोर्चुगलका नुनो बोर्गेसलाई ७–६ (७/३), ६–४ र ६–३ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् ।

afdgm1685591342.jpg

सातौँ वरीयताप्राप्त रुसका आन्द्रे रुबलेभले फ्रान्सका कोरेन्टिन माउटेटलाई ६–४, ६–२, ३–६ र ६–३ स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । रुबलेभले अब तेस्रो चरणमा इटालीका लोरेन्जो सोनेगोविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । सोनेगोले फ्रान्साका उगो हम्बर्टलाई ६–४, ६–३ र ७–६ (७/३) को स्कोरमा हराएका थिए ।

११औँ वरीयताका कारेन खाचनोभले मोल्डोभाका राडु अल्बर्टलाई ६–३, ६–४ र ६–२ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाए । उनले अब अष्ट्रेलियाका थानसी कोक्किनाकिसविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । कोक्किनाकिसले स्वीट्जरल्यान्डका स्टेन वावरेन्कालाई ३–६, ७–५, ६–३, ६–७ (४/७) र ६–३ को स्कोरमा हराएका हुन् ।

१३औँ वरीयाताका हबर्ट हुर्काजले नेदरल्यान्ड्सका टलन ग्रिक्सपूरलाई ६–३, ५–७, ६–७ (१५/१३), ७–६ (७/५), र ६–४ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाए । उनले अब पेरुका युवान पाब्लो भरिलसविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । भरिलसले १९औँ वरीयताप्राप्त स्पेनका रोबर्टो बौटिस्टालाई १–६, ४–६, ६–३, ६–१ र ६–१ को स्कोरमा हराएका हुन् ।

इटालीका फाबियो फोगनिनिले अष्ट्रेलियाका जसन कुबलेरलाई ६–४, ७–६ (७/५) र ६–२ को स्कोरमा हराएका हुन् । फोगनिनिले अष्ट्रियाका सेबास्टिन ओफ्नरविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । ओफ्नरले अब २४औँ वरीयताप्राप्त अमेरिकाका सेबास्टिएन कोर्डालाई ६–३, ७–६(७/२) र ६–४ को स्कोरमा हराएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro