site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटी एक्सप्रेसको सीईओ सैंजु नियुक्त

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरजमान सैंजु  नियुक्त भएका छन् । सैंजुको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।

४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभवका साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्षभन्दा बढी अनुभव रकेको छ । क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्स गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान रहेको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आफूले कम्पनीको दिगो आर्थिक वृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने विश्वास दिलाएका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा विगत १६ वर्षदेखि विप्रेषण सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्