site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक नबोलाए विधानले दिएको अधिकार प्रयोग गर्न बाध्य हुनेछौँ : आचार्य

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित नेपाली कांग्रेस रूपान्तरण अभियानको वाग्मती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे ।

“पार्टीको विधान अनुरूप हरेक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म बैठक बस्न सकेको छ । बैठक नबोलाए विधानले दिएको अधिकार प्रयोग गरेर हामी विशेष महाधिवेशन बोलाउन बाध्य हुनेछौँ,” उनले भने ।

उनले पार्टीका उपसभापति र महामन्त्रीहरूले समेत पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरिएपनि नेतृत्वले नसुनेको बताए । उनले पार्टीको औपचारिक समितिका बैठकहरूरु नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro