अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन प्रविधिको प्रयोग गरिने बताएका छन् ।
कर प्रशसानबाट प्रवाह हुने सेवालाई स्वचालित प्रणालीमा लैजान सबै करदातालाई क्यूआर कोडसहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रुपमा उपलब्ध हुने व्यवस्था गरिने बताएका छन् ।
यस्तै, भन्सारमा पेस गर्नुपर्ने कागजात सबै विद्युतीय माध्यमबाट पेस गर्न सकिने व्यवस्था मिलाएर जाँचपास सरल र पारदर्शी बनाइने उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:१५
प्रतिक्रिया दिनुहोस्