site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साबालेन्का र सिट्सिपस फ्रेन्च ओपनको दोस्रो चरणमा 

काठमाडौं । विश्व वरीयताको पाँचौँ नम्बरमा रहेका स्टेफानोस सिट्सिपसले आइतबार राति जिरी भेसेलेलाई ३–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाउन सफल भएका छन् । 

महिलातर्फ दोस्रो वरीयताकी आर्यना साबलेन्काले पनि युक्रेनकी मार्टा कोस्टयुकलाई २–० को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाउन सफल भएकी छन् । 

जारी सिजन दोस्रो ग्राण्डस्लाम उपाधि जित्ने अभियानमा रहेकी साबालेन्कालाई युक्रेनका केही समर्थकले खेल दौरान गिज्याएका थिए ।

Dabur Nepal
NIC Asia

पराजित कोस्टयुकले खेलपछि बेलारुसकी साबलेन्कासँग हात मिलाउन अस्विकार गरिन् । पछिल्लो समय रुस र युक्रेनबीचको युद्धका कारण कोस्टयुकले साबलेन्कासँग हात मिलाउन अस्विकार गरेकी हुन् । 

सिजनको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि विजेता साबलेन्काले ३९औँ वरीयताकी कोस्टयुकलाई ६–३, ६–२ को सेटमा हराएकी थिइन् । 

खेलपछि प्रतिक्रिया दिँदै साबलेन्काले भनिन्, “कोर्टबाट त्यसरी जानु हुदैनथ्यो । आजको खेल कठिन थियो । भावनात्मक रूपमा पनि । उनीहरूले मलाई गिज्याए । सुरुमा मलाई आश्चर्य लाग्यो । पछि मैले त्यसलाई मेरो पक्षमा समर्थन गरेको रूपमा लिए ।”

दुई प्रतिद्वन्द्वीबीच टसको बेला परम्परागत रूपमा लिइने तस्बिर पनि खिचिएको थिएन । खेलपछि २० वर्षीया कोस्टयुकले भनिन्, “मानिसहरू इमान्दारीपूर्वक लज्जित हुनुपर्छ । म युद्ध समाप्त भएको १० वर्षपछि मानिसहरूको यसमा प्रतिक्रिया देख्न चाहन्छु । मलाई लाग्छ कि उनीहरूले जे गरे त्यसमा उनीहरूले राम्रो महसुस गर्नेछैनन् ।”

साबलेन्काले अब दोस्रो चरणमा बेलारुसकै आर्यना शेमानोभिचविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । शेमानोभिचले हंगेरीकी पन्ना उड्भार्डेलाई ६–७(६/८), ६–३, ६–१ को स्कोरमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन् । 

महिलातर्फ गएराति आठौँ वरीयता प्राप्त मारिया सकारी पहिलो चरणबाटै बाहिरिन् । दुई घण्टाभन्दा धेरै समय चलेको खेलमा ग्रिसकी सकारी चेक गणतन्त्रकी क्यारोलिन मुचोभासँग ७–६(७/५), ७–५ को स्कोरमा हारेकी थिइन् । 

मुचोभाले अब अर्जेन्टिनाकी नादिया पोदोरोस्कासँग प्रतिस्पर्धा गर्नेछिन् । पोदोरोस्काले फ्रान्सकी जेसिका पोनचेटलाई ६–०, ६–२ को स्कोरमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन् । 

२०२१ मा यूएस ओपनको फाइनल खेलेकी लेलाह फर्नान्डेजले पनि दोस्रो चरणमा स्थान बनाएकी छिन् । क्यानडाकी २० वर्षिया फर्नान्डेजले पोल्यान्डकी माग्डा लिनटेलाई ६–३, १–६, ६–३ को स्कोरमा हराएकी हुन् । 

फर्नान्जेजले अब डेनमार्ककी क्लारा टौसनसँग प्रतिस्पर्धा गर्नेछिन् । २० वर्षिया टौसनले पहिलो चरणमा बेलारुसकी एलिकसान्द्रा सासनोभिचलाई ६–२, ६–० को स्कोरमा हराएकी हुन् । 

तेस्रो वरीयताप्राप्त अमेरिकाकी जेसिका पेगुलाले आफ्नै देशकी ड्यानिल कोलिन्सलाई ६–४, ६–२ को स्कोरमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन् । 

पुरुषतर्फ ग्रिसका सिट्सिपसले भेसेलेलाई हराउन चार सेटसम्म संघर्ष गर्नुपर्‍यो । २४ वर्षे सिट्सिपसले ७–५, ६–३, ४–६, ७–६(९/७) को स्कोरमा हराएका हुन् । सिट्सिपसले अब स्पेनका रोबर्टो कार्बालेस बइनासँग प्रतिस्पर्धा गर्नेछन् । बाइनाले पहिलो चरणमा अमेरिकाका इमिलियो नाभालाई ७–६(७/५), ६–३, ६–२ को स्कोरमा हराएका थिए । 

सिट्सिपस सिजनको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको फाइनलमा नोभाक जोकोभिचसँग पराजित भएका थिए । उनी २०१७ पछि फ्रेन्च ओपनमा अहिलेसम्म पहिलो चरणमा पराजित भएका छैनन् । 

सातौँ वरीयताका रुसका एन्ड्रे रुबलेभले लास्लो डीजेरेलाई ६–१, ३–६, ६–३, ६–४ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाए । रुबलेभले अब दोस्रो चरणमा फ्रान्सका कोरेन्टिन मौटेटविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । 

११औँ वरीयताका करेन खाचनोभले फ्रान्सका कोन्सट्यान्ट लेस्टिनलाई ३–६, १–६, ६–२, ६–१, ६–३ को स्कोरमा हराउँदै दोस्रो चरणमा स्थान बनाए । १३औँ वरीयताका हुबर्ट हुर्काजले बेल्जियमका डेभिड गोफिनालाई ६–३, ५–७, ६–४, २–६, ६–४ को स्कोरमा हराउँदै दोस्रो चरणमा स्थान बनाए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro